×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मछिन्द्रले खुमलटारलाई हरायो

मछिन्द्रले खुमलटारलाई हरायो

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सोमबार भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई ३–० ले पराजित गरेको छ  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि ओलावाले अफिजले २ गोल गरे भने अन्द्रेस नियाले १ गोल गरेका हुन् ।

खेलको ४२ औं मिनेटमा ओलावाले अफिजको असिस्टमा आन्द्रेस नियाले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता बनाएको हो । खेलको दोस्रो हाफमा ७७ औं मिनेटमा छिरिङ गुरङको असिस्टमा ओलावाले अफिजले गोल गर्दै मछिन्द्रले २–० अग्रता लिएको थियो ।

त्यस्तै, खेलको ८३ औं मिनेटमा पुन ओलावाले अफिजले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाएका हुन् । आजको खेलमा जित हात पार्दै मछिन्द्र शीर्ष ३ मा छ भने एफसी खुमलटार १८ खेलमा ५ जित, २ हार र ११ बराबरीसहित रेलिगेसन जोनमा छ ।

प्रतिकृया दिनुहोस्