×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वेदुराम भुसालले पार्टी र आन्दोलनसँग गद्दारी गरे : मुख्य सचेतक भट्टराई

वेदुराम भुसालले पार्टी र आन्दोलनसँग गद्दारी गरे : मुख्य सचेतक भट्टराई

राष्ट्रियसभामा नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसालले पार्टी र आन्दोलनसँग गद्दारी गरेको आरोप लगाएका छन्।

राष्ट्रियसभा सदस्यसमेत रहेका भुसालले आफू स्वतन्त्र बस्ने घोषणा गरेर पार्टी र आन्दोलनसँग गद्दारी गरेको भट्टराईको आरोप छ।

एमाले नेता माधव नेपाल निकट भुसालले आइतबार ‘आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिदै आएको लेवी नकाट्नु’ भनेर संसद सचिवालयमा पत्र पठाएका थिए।

मुख्य सचेकत भट्टराईले संसद सचिवालयमा पत्र पठाएसँगै भुसालले एमाले परित्याग गरेको बताएका छन्।
पार्टी परित्याग गरेपछि उनी स्वतन्त्र हुनसक्ने तर संसद नरहने भट्टराईको जिकिर छ।

‘यो पत्रसँगै उनले एमाले परित्याग गरेको जनाएका छन्,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘पार्टी परित्याग गरेपछि उनी स्वतन्त्र हुनसक्छन् तर सांसद भइ रहन सम्भव हुँदैन।’

एमाले र माओवादी केन्द्रको एकतालाई अदालतले मान्यता नदिएको अवस्थामा राष्ट्रियसभा सदस्यलाई दुई मध्ये एक रोज्नसक्ने प्रावधानबाहेक अरू विकल्प हुन नसक्ने उनको भनाइ छ।

‘दुई पार्टीको एकतापछिको नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ,’ मुख्य सचेतक भट्टराई भन्छन्,‘त्यसबीचमा निर्वाचित राष्ट्रिसभा सदस्यलाई दुई मध्ये एक रोज्नसक्ने प्रावधान हुनसक्छ, त्यो भन्दा पृथक स्वतन्त्र सांसद हुनसक्दैन।’

सूर्य चिह्न र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरूको मतबाट बनेका सांसद स्वतन्त्र हुन नसक्ने बताउँदै उनले यस्तो अवस्थामा सांसद पद नै चैट हुने स्पष्ट पारेका छन्।

भट्टराईले पार्टीमा नेता नेपालको हैसियतबारे पनि प्रश्न गरेका छन्।

‘कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफूलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ। अब उहाँ के भन्नु हुन्छ? उहाँ के स्वतन्त्र सांसदको नेता हुनुहुन्छ त?,’ उनको प्रश्न छ।

 

प्रतिकृया दिनुहोस्