सम्भवतः यो संसारकै सबभन्दा पुरानो फ्लश ट्वाइलेट हो । यो ट्वाइलेट छिन राजवंशको समयको हो ।
ईसापूर्व ४२४ मा छिन च्यानगोङ नामक शासकले यो शौचालय प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ ।
चाइनिज एकेडमी अफ सोसल साइन्सेजमा पुरातत्त्व संस्थानका अनुसन्धाता ल्यु रुईले प्राचीन समयमा फ्लश शौचालय विलासी वस्तु भएको बताए । उनले त्यो फ्लश ट्वाइलेट भेटिएपछि आफूहरू छक्क पर्दै हाँसेको बताए ।
ट्वाइलेटको एक भाग कोठाभित्र अनि पाइप बाहिरपट्टि रहेको उनले बताए । राजाले शौच गरेपछि कामदारहरूले त्यसमा पानी हाल्ने गरेको हुन सक्ने उनले अनुमान गरेका छन् ।
यत्तिका वष्र्याअघि पनि सरसफाइमा चिनियाँहरूले ध्यान दिने गर्थे भन्ने कुरा यसबाट प्रमाणित भएको छ ।
ट्वाइलेटको माटोमो स्याम्पमार्फत प्राचीन समयका मानिसको खानपानको बारेमा पत्ता लगाउने प्रयास गरिँदैछ ।
यस शौचालयको एक भाग फुटेको छ । यसमा मोडिएको एउटा पाइप पनि देखिन्छ ।
शाङ्सी प्रान्तको सियानस्थित युएयाङमा यो ट्वाइलेट पत्ता लागेको हो । यसलाई महलका खण्डहरहरूको बीचमा भेटिएको हो ।