काठमाडौं- बैतडीमा रुखबाट लडेका युवकको धनगढीमा मृत्यु भएको छ। रुखबाट लडेर गम्भीर घाइते भएका सुदूरपश्चिम बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँका ३२ वर्षीय हर्कसिंह थलालको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो।
रुखबाट लडेर गम्भीर घाइते भएका हर्क सिंह को सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा बुधवार राति उनको मृत्यु भएको हो।प्रहरीका अनुसार उनीमा कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको थियो। सेती अस्पतालको कोरोना अस्पतालमा उनको मृत्यु भएको हो। उनी गत चैत १७ गते रुखबाट लडेका हुन्।