×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावी तयारीमा एमाले, आज र भोलि केन्द्रीय कमिटी बैठक

चुनावी तयारीमा एमाले, आज र भोलि केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा एमालेले चुनावी तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । अध्यक्ष केपी ओली शर्माको आह्वानमा आज ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक बस्न लागेको हो । 

भोलिसम्म चल्ने बैठकको मुख्य एजेन्डा स्थानीय तहको निर्वाचन भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ‘बैठक चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची छन्,’ उनले भने । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएसँगै एमालेले चुनावी तयारी थालेको हो ।

प्रतिकृया दिनुहोस्