×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु

ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु

काठमाडौँ- ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु भएको छ । कोन्जेसोम गाउँपालिका-४ नल्लुमा चार जना मृत फेला परेका छन् भने दुई जना अचेत अवस्थमा फेला परेका थिए । 

अचेलमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । ‘काइली स्याङतानको घरमा सपरिवार खाना खाएर सुतेका रहेछन्,’ उनले भने, ‘बिहान स्थानीयले मृत र अचेत फेला परेको खबर गरेपछि प्रहरी पुगेको छ ।’

अहिले प्रहरीसहित फरेन्सिक डाक्टरको टोली घटनास्थल जाँदै छ । ‘घटनास्थलमा हामी पुग्दैछौं, फरेन्सिक डाक्टरसहितको टोली लिएर हिँडेका छौं,’ उनले भने ।

प्रतिकृया दिनुहोस्