×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ।काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण पत्र बुझाएको हो।

प्रतिनिधिमण्डलले काठमाडौँमा खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्नेलगायतका माग राखेको छ।

सो मागका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यस सम्बन्धमा सरकारले तत्काल आवश्यक निर्णय गर्ने जानकारी गराएका थिए।

त्यस अवसरमा कांग्रेस नेता सिंहले आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने उल्लेख भएकोले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको बताउँदै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने उल्लेख गरेका थिए।

उनले मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुङ्गोमा पुग्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्र्याकमा कार्यान्वयन गर्न आवश्यक निर्णय लिनुपर्ने, बाढीपहिरोपछि त्यसको कारणबारे एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय सङ्घसंस्थाले अध्ययन गरी पेस गरेको प्रतिवेदनको निष्कर्षअनुसार आयोजना अगाडि बढाउनुपर्नेलगायत मागका बारेमा जानकारी गराएका थिए।

प्रतिकृया दिनुहोस्