सुर्खेत- सुर्खेतको सिम्ता गाउँपालिकामा सोमबार बिहानैदेखि पुनः मतदान सुरु भएको छ । यसअघि सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै मतदान स्थगित भएको थियो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिहान ७ बजेदेखि मतदान सुरु भएको बताए ।