×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

राजश्रीको गीत ‘लखर लखर’ सार्वजनिक

राजश्रीको गीत ‘लखर लखर’ सार्वजनिक

काठमाडौँ- डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

देव धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

भिडिओमा विजय राज भुर्तेल रन्जिता विश्वकर्मा लगायतले अभिनय गरेका छन् । रमाइलो गीत ‘लखर लखर’ ले दर्शकको मन जित्नेमा लेखक थापा विश्वस्त छन् ।

 

प्रतिकृया दिनुहोस्