×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

र्‍यापर लाउरेलाई थप ८ दिन हिरासतमै राखिने

र्‍यापर लाउरेलाई थप ८ दिन हिरासतमै राखिने

पोखरा- बुधबार राति ब्राउनसुगरसहित समातिएका र्‍यापर आशिष राना उर्फ लाउरे लाई थप अनुसन्धानका लागि ८ दिन म्याद थप भएको छ । जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएकाे कास्की प्रहरीले जनाएको छ ।

पोखरा ८ जाल्पारोडबाट लाउरेसहित ४ जना समातिएका थिए । पक्राउ पर्नेहरूमा पोखरा १२ घर भइ छोरेपाटन बस्ने ध्रुवबहादुर थापा, रुपा गाउँपालिका ७ घर भइ  पोखरा १ बगर बस्ने नवीनकुमार गुरुङ र स्याङजा भीरकोट घर भइ पोखरा ८ सभागृह बस्ने २२ वर्षकी सुस्मिता गुरुङ छन् ।

उनीहरूकाे साथबाट १३‍.०१ ग्राम ब्राउनसुगर बरामद भएको थियो । लागू औषध कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो ।

प्रतिकृया दिनुहोस्