×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ९ जनामा काेराेना संक्रमण, ४४ निकाे भए

थप ९ जनामा काेराेना संक्रमण, ४४ निकाे भए

काठमाडाैँ- नेपालमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ८६ पिसिआर परीक्षणका क्रममा ६ जना र २ हजार ५९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्