×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिमाल आरोहणका लागि १२ सय ३८ लाई अनुमति

हिमाल आरोहणका लागि १२ सय ३८ लाई अनुमति

काठमाडौँ- हिमल आरोहणका लागि १२ सय ३८ लाई अनुमति लिएका छन् ।  शरद ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १२ सय ३८ जनालाई अनुमति दिएको छ। 

विभागले देशका ४१ हिमाल आरोहण गर्न ७७ देशका आरोहीहरुलाई अनुमति दिएको हो।हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन्। कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन्।

दोस्रोमा अमादब्लाम हिमाल रहेको छ। उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ।

त्यस्तै १०० भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ। जसमा १५६ जनाले अनुमति पाएका छन्। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन्।

बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायातका १०३, जर्मनीका ७७, स्पेन ७५ले आरोहण अनुमति पाएका छन्।

प्रतिकृया दिनुहोस्