एजेन्सी- सोनाक्षी सिन्हा आजभोलि आफ्नो फिलम डबल एक्सको चर्चाका कारण चर्चामा छिन् । यो फिल्ममा सोनाक्षीका साथ हुमा कुरैशी लिड रोलमा छन् ।
अनि उनी आजभोलि निकै धेरै यो फिल्मको प्रमोसनमा पनि लागेकी छिन् ।
आजभोलि सोनाक्षीको फिल्मको चर्चामा जोडिने अभिनेताको नाम हो, सलमान खान । हुन पनि बलिउडमा सोनाक्षीले सलमानसँगको फिल्मबाटै डेब्यू गरेकी थिइन् ।
एक अन्तर्वार्तामा सोनाक्षीले सलमानसँग डेब्यू गर्दा आफ्नो करिअर छोटो हुनसक्ने आशंका गरेको र यो कुरा मानिसहरुले आफूलाई भनेको पनि बताएकी छिन् । ‘तर, मैले काममा फोकस गरेँ, अरुका कुरा सुनिनँ,’ उनले भनेकी छिन् ।