×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्मचारी सरुवा नगर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

कर्मचारी सरुवा नगर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं- निर्वाचन आयोगले विनाअनुमति कर्मचारीहरुको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।

असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुनेतर्फसमेत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमामार्फत धानाकर्षण गराइएको छ ।

प्रतिकृया दिनुहोस्