भरतपुर- बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारी मार्फत नेपालमा समाजवाद आउन सक्ने बताउनुभएको छ । भरतपुर–३ लायन्सचोकमा बागेश्वरी उपभोक्ता सहकारीको उद्घाटन गर्दै मन्त्री पौडेलले आम नागरिकको आर्थिक उन्नती ल्याउन सक्ने माध्यम सहकारी मात्रै रहेको जिकिर गर्नुभयो ।
‘समाजवाद ल्याउन, गरिबिको रेखामुनी रहेका नागरिकको आर्थिक उन्नती ल्याउनु पर्दछ । त्यो ल्याउन सहकारीबाट मात्र सम्भव छ’, उहाँले भन्नुभयो, ‘नेपालमा समाजवाद आउँछ भने सहकारी मार्फत नै आउँछ ।’ बाग्मती प्रदेशमा ११ हजार भन्दा बढी सहकारी रहेको छन् । उनीहरुलाई व्यवस्थित बनाउनका लागि गाउँगाउँमा प्रशिक्षण अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अहिले काठमाण्डौँ भ्यालिमा २० प्रतिशत सहकारीहरुले ठगि गरेको भन्दै उनीहरुको अनुगमन गर्ने जिकिर गर्नुभयो । सहकारीमा सुशासन आवश्यक रहेको भन्दै उहाँले सहकारीको निति नियममा बसेर काम गर्नु अनुरोध गर्नुभएको छ ।
थ्बmबजब ष्ललभच
द्यष्वबथब कतभभ
िद्यबष्मष्प क्ष्ललभच
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सहकारीलेहरुले उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मुलुकको तीन खम्बे अर्थ नीति मध्ये एक सहकारी भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । संस्था स्थापना गर्न सजिलो भएपनि त्यसलाई व्यवस्थापन गर्न कठिन हुनेभन्दै जिम्मेवार भएर संस्थालाई अगाडि बढाउनु उहाँले सुझाव दिनुभएको छ ।
उपभोग्य वस्तुको विक्रि वितरण गर्ने उदेश्यले भरतपुर महानगरपालिका ३ लायन्सचोकमा यो सहकारी अनौपचारिक रुपमा माघ महिनादेखि नै सञ्चालनमा आएको थियो । औपचारिक रुपमा आज सञ्चालन भएको सहकारीले सामुदायीक मिनि मार्ट समेत सञ्चालनमा ल्याएको छ । यसले अर्गानिक दैनिक उपभोग्य वस्तुको विक्रि वितरण गर्ने संस्थाका अध्यक्ष मेघनाथ बरालले जानकारी दिए । सेयर पुँजि १ करोड ३२ लाख रहेको सहकारीमा २सय ७० सदस्य रहेका छन् । ५० प्रतिशत सामाजिक कार्यमा लगानी गर्ने बरालले बताए । १ हजार साधरण सेयर सदस्य बनाउने लक्ष्य राखेको सहकारीले दैनिक, मासिक, नारी अवधिक, ऐच्छिक र दैनिक बचत समेत गर्दै आएको छ । यसको भरतपुर महानगरपालिका भित्र कार्यक्षेत्र रहेको छ । पछि प्रदेश स्तरिय बनाउने लक्ष्य रहेको बरालले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा चौतारी बचत तथा ऋण सहकारी संस्थाका सचिव रामश्रवण सिलवाल, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजि पौडेल, संस्थाका सल्लाहाकार संयोजक चन्द्रमित्र पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।