×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अफगानिस्तानसँगको विबादपछी नेदरल्याण्डका रक्षा मन्त्रीद्वारा राजीनामा

अफगानिस्तानसँगको विबादपछी नेदरल्याण्डका रक्षा मन्त्रीद्वारा राजीनामा

एजेन्सी - नेदरल्याण्डका रक्षामन्त्री याङ्क बिलेभेल्डले शुक्रबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।अफगानिस्तानमा उत्पन्न संकटबारेमा गर्ने व्यवहारका सम्वन्धमा भएको विवादका कारण उहाँले राजीनामा दिनु परेको हो । 

उहाँले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी विदेश मन्त्रीलाई दिइएको छ । 

विवाद भएपनि रक्षा मन्त्री बिलेभेल्डले राजीनामा दिन अस्वीकार गर्दै आउनु भएको थियो । तर संसदले समेत उहाँको आलोचना गर्दै औपचारिक रूपमै राजीनामाका लागि दवाव दिएपछि उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो ।

“मैले मेरो पार्टी र प्रधानमन्त्रीलाई मैले राजीनामा दिएको बारेमा जानकारी गराएको छु, राजीनामा स्वीकृत गरिदिनुहुनु राजालाई अनुरोध गरेको छु,” बिलेभेल्डले भन्नुभयो ।  

अफगानिस्तानबाट विस्थापित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने बारेमा विवाद भएकाले आफुले राजीनामा दिनु परेको र आफ्नो मतप्रति आफु अझै पनि अडिग नै रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि यही विषयमा भएको विवादका कारण विदेशमन्त्री सिग्रिड काङले पनि बिहीबार राजीनामा दिनुभएको थियो । उहाँलाई पनि राजीनामा दिन संसदले आदेश दिएको थियो । एएफपी

प्रतिकृया दिनुहोस्