×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ८२ जना काेराेना संक्रमित

थप ८२ जना काेराेना संक्रमित

काठमाडाैँ- नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ९० पीसीआर परीक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परीक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै, थप २ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा ४ हजार ५ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्