×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्रोत नखुलेको भारतीय रुपैयाँसहित अमित पक्राउ परे

स्रोत नखुलेको भारतीय रुपैयाँसहित अमित पक्राउ परे

काठमाडौं-  पर्सामा एकजना भारतीय नागरिक  स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका छन् ।  वीरगंज महागरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्