×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

सुदर्शन थापाले ‘प्रसाद २’ निर्देशन गर्ने

सुदर्शन थापाले ‘प्रसाद २’ निर्देशन गर्ने

काठमाडौं- हिट फिल्म ‘प्रसाद’को सिरिजलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने पक्का भएको छ । घोषणा भएको लामो समय भैसक्दा पनि ‘प्रसाद २’को छायांकन सुरु हुन सकेको छैन । सुभाष थापाले निर्माण गर्ने फिल्मको कथा सुशिल पौडेलले लेखेका हुन् ।

फिल्मको कथा सकिएर मन्दिरमा पूजा गरेको पनि लामो समय भैसकेको छ । सौरभ चौधरीले निर्देशन गर्ने भन्दै फिल्मको लोकेशन समेत हेरिएको थियो । तर, निर्माता थापाले निर्देशक परिवर्तन गर्दै प्रोजेक्ट अगाडि बढाउने तयारी गरेका छन् ।

फिल्म ‘प्रसाद २’लाई आफूले निर्देशन गर्ने पक्का भएको सुदर्शनले जानकारी दिए । फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ, त्यो पनि पक्का गरिएको छ । फिल्ममा ‘प्रसाद’कै कलाकारहरु विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहनेछ ।

दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’लाई दर्शकले खुबै रुचाएका थिए । लभ स्टोरी फिल्ममा जमेका सुदर्शनले सामाजिक कथाको यो फिल्मलाई न्याय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्