×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

पल शाहलाई थुनामा राख्न आदेश

पल शाहलाई थुनामा राख्न आदेश

काठमाडौँ- एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । 

अदालतका वकिल दीपक भट्टराईका अनुसार बुधबार नाबालिगको पक्षबाट तीन जना वकिल र शाहको पक्षबाट नौ जना वकिलले थुनछेक बहस सकाएका थिए । भट्टराई भन्छन्, ‘तनहुँ अदालतले आदेश दिएको थियो । यहाँ पनि त्यही हो । अहिले धरौटीमा वा तारेखमा छुट्ने सम्भावना न्यून हुन्छ ।’ किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।

नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई मंगलबार नवलपुर जिल्ला अदालत लगिएको थियो । उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । गत चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आदेशपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

प्रतिकृया दिनुहोस्