×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

व्याख्यात्मक घोषणा लाज छोप्ने टालो : लिङ्देन

व्याख्यात्मक घोषणा लाज छोप्ने टालो : लिङ्देन

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ११ बुँदे व्याख्यात्मक घोषण लाज छोप्ने टालो जस्तो भएको टिप्पणी गरेका छन् । पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्न सुर्खेतका पुगेका लिङ्देनले सुर्खेत विमानस्थलमा पत्रकारसँग भेटघाट गदै यस्तो टिप्पणी गरेका हुन् । 

एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै भूमिका नरहने उनको भनाई छ । ‘एमसीसी पासमा पनि हाम्रो कुनै भूमिका रहेको थिएन र यो कार्यान्वयनमा हाम्रो कुनै भूमिका हुने छैन,’ अध्यक्ष लिङ्देनले भने, ‘ यो ११ बुँदे व्याख्यात्मक टिप्पणी लाज छोप्ने टालो मात्रै हो ।’

उनले भ्रष्टाचार स्थानीय तहसम्म पुगेको भन्दै भ्रष्टाचाररहित स्थानीय तहको रूपमा विकास गराउन राप्रपा चुनाव लक्षित भएको बताए । ‘यसपालिको निर्वाचनमा स्थानीय तहमा उच्च शिक्षा, संस्कारको राजनीति सिकाउने लगायतका विषयमा हाम्रो पार्टी अगाडी बढेको छ,’ उनले भने ।

अध्यक्ष लिङ्देनले पार्टी विभाजनको कुनै रूपमा लिएको भन्दै राजनीतिलाई पेशा व्यवसाय ठान्नेहरू बाहिरिने र भित्रिने दुईवटा ध्रुवीकरण रहेको तर्क गरे । अध्यक्ष लिङ्देनसहित पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष एवं पूर्व मन्त्री विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिका मेयर धवलसम्शेर राणा, महामन्त्री कुन्ती शाही, रेखा थापा, लगायतका नेताहरू सुर्खेत आएका हुन् ।

प्रतिकृया दिनुहोस्