×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी, १७ घर र ३ घुम्ती पसल जलेर नष्ट

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी, १७ घर र ३ घुम्ती पसल जलेर नष्ट

 बिरेन्द्रनगर - मुगु जिल्लाको सदरमुकाम गमगढीमा गएराती आगलागी भएको छ । आगलागीबाट गमगढी बजारका १७ वटा घर र ३ वटा घुम्ती पसल नष्ट भएका छन् । गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगो लागेको बताइएको छ । 

सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको बताइएको छ । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ ।

आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क संकलनको क्रममा रहेको र विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्