काठमाडौँ- चेल्सी साउथहम्पटमलाई पराजित गर्दै काराबवाओ कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा चेल्सी पेनाल्टी सुटआउटमा साउथहम्पटमसँग विजयी भएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । चेल्सीका लागि काइ हाभेर्टजले र साउथहम्पटमका लागि चे एडम्सले एक एक गोल गरेका थिए । पेनाल्टी सुटआउटमा चेल्सीले साउथहम्पटमलाई ४-३ ले खेल जितेको थियो ।
त्यस्तै अर्को खेलमा आर्सनलले लीड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ भने सन्डरल्याण्डले क्यूपीआरलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।