×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपाधि दाबेदार सिटी, लिभरपुल, चेल्सीको संघर्षपूर्ण जित

उपाधि दाबेदार सिटी, लिभरपुल, चेल्सीको संघर्षपूर्ण जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदार मानिएका शीर्ष स्थानका टोलीले जित निकाल्दै आफ्नो दबदबा काय राखेका छन् । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले वलभेसलाई १-० ले पराजित गर्दे आफ्नो शीर्ष स्थान कायम राख्दा लिभरपुल र चेल्सीले उसलाई पछ्यारहेका छन् ।

शनिबार भएको पहिलो खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा समेटिएको वलभेसलाई १-० ले पराजित गर्‍यो । सिटीको जितमा रहिम स्ट्रलिङले ६६ औ मिनेटमा पेनल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक बन्यो ।

त्यस्तै लिभरपुलले शीर्ष स्थानको सिटीसँगको अंक दुरी १ अंकमा कायम राख्ने क्रममा एनफिल्डमा स्टेभन जेराडको एस्टन भिल्लालाई १-० लेनै पराजित गर्‍यो । लिभरपुलले दबाबमा राख्दै एकपछि अर्को आक्रमण गरेपनि गोलरक्षक एमी मार्टिनेजले एकपछि अर्को सेभ गरेका थिए । तर ६७ औ मिनेटमा ट्रयने मिङ्सले मोहमद्ध सलाहलाई फल गरेपछि पाएको पेनाल्टी भने उनले जोगाउन सकेनन् । सल्लाहले गोल गर्दै सिटीसँगको अंक दुरी १ अंकमा सीमित गर्न सफल भए ।

त्यस्तै अर्को दाबेदार इंग्लिस क्लब चेल्सीले पनि लिड्स युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्यो । शनिबार भएको खेलमा चेल्सीले २ वटा पेनाल्टी पाएपछि भाग्यमानि साबित भयो । शनिबार राति भएको खेलमा चेल्सीले लिड्स युनाईटेडलाई ३-२ ले पराजित गर्दा दुई गोल पेनाल्टीमा सम्भव बनाएको थियो । प्रतिस्पर्धात्मक खेलमा चेल्सीले अतिरिक्त समयमा गरेको गोल निर्णायक बन्यो । खेलमा लिड्सले राफिन्हाको गोलबाट २८ औ मिनेटमा अग्रता लिएको थियो ।

तर मोउन्टले ४२ औ मिनेटमा बराबरीमा ल्याए । ५८ औ मिनेटमा पाएको पेनल्टीलाई जोर्गिन्होले गोल गर्दे चेल्सीले अग्रता दिलाए तर लिड्सले जेलहार्डको गोलबाट ८३ औ मिनेटमा पुन बराबरी गरेपछि चेल्सी दबाबमा परेको थियो तर अतिरिक्त समयको चौथो मिनेटमा पुन पेनाल्टी पाएपछि चेल्सी जोगिएको थियो । चेल्सीका लागि जोर्गिन्होलेनै पेनाल्टीमा दोस्रो गोल गरे ।

जितपछि १६ खेलबाट म्यानचेस्टर सिटी ३८ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेलबाट लिभरपुल ३७ र चेल्सी ३६ अंकका क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्