काठमाडौं- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बागमती कोरिडोर अन्तर्गत गोकर्ण क्षेत्रको निरीक्षण गरेकी छन्। बुधबार (आज) बिहान साढे ६ बजे नै निरीक्षणमा पुगेकी उनले आयोजनाको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिइन्।
आयोजनाको काम सन्तोषजनक नदेखिएको बताउँदै मन्त्री झाँक्रीले आयोजनाको काम समयमै सक्न निर्देशन दिएकी हुन्। उक्त आयोजना अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अघि बढाइरहेको छ।