काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ। यसअघि सबैभन्दा बढी चैत ५ मा छापावाला सुन प्रतितोला एक लाख १० हजार किनबेच भएको थियो।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य दुई हजारले बताएको हो। चैत २१ मा छापावाला सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो। केही समययता सुनको मूल्य बढ्दै गएको छ।
त्यस्तै, आज तेजाबी सुन एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि केही बढेको छ। आज प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार चैत २१ मा एक हजार चार सयमा कारोबार भएको थियो।