×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

कपडाभित्रको दृश्य पनि खिच्‍ने वनप्लस क्यामेरा, हेर्नुस्?

कपडाभित्रको दृश्य पनि खिच्‍ने वनप्लस क्यामेरा, हेर्नुस्?

काठमाडौँ- स्मार्टफोन कम्पनी वन प्लसको एक फोनमा रहेको क्यामेराले कपडाभित्रको दृश्यसमेत खिच्‍न सक्छ । हाल भने उक्त स्मार्टफोनको एउटा विवादित क्यामेरा फिचरमाथि प्रतिबन्ध लागेको छ ।
मानिसले लगाएको कपडाभित्रको दृश्यसमेत खिच्‍न सक्ने भनिएको उक्त एक्सरे भिजन स्मार्टफोन क्यामेरालाई लिएर प्रयोगकर्ताहरुले व्यापक रुपमा चिन्ता व्यक्त गरेसँगै उक्त क्यामेरा फिचरमाथि कम्पनीले प्रतिबन्ध लगाएको थियो ।

वन प्लस फोनको क्यामेरामा रहेको फोटो क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको हो । उक्त क्यामेराले पातलो प्लास्टिक तथा कपडाले छोपिएको चिजको समेत फोटो युट्युबमा भाइरल भएको थियो । फोन निर्माता कम्पनीले नयाँ डिभाइसका लागि एक सफ्टवेयर अपडेट जारी गरेपछि उक्त अपडेटसँगै यो फिचरभने बन्द भएको छ । यस अपडेट अगाडि नै केही युट्युब प्रयोगकर्ताले सो क्यामेराबाट तस्बिर खिचेर सोसल मिडियामा शेयर गरिसकेका थिए ।

युट्युब तथा फेसबुकमा सेयर गरेको उक्त फोटो भाइरल भएपछि कतिपय प्रयोगकर्ताले यसबारेमा चिन्ता व्यक्त गरेपछि वनप्लसको यो फिचर विवादित भएको थियो । सो लगत्तै कम्पनीले नयाँ अपडेट गरेर यस फिचरलाई बन्द गरेको थियो । 

प्रतिकृया दिनुहोस्