×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभा बैठक बस्दै !

प्रतिनिधिसभा बैठक बस्दै !

काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ। बैठकमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिकृया दिनुहोस्