काठमाडौँ- गुल्मीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । ४० वर्षीया श्रीमती ताल कुमारी कुमालको हत्या गरेको आरोपमा मुसिकोट नगरपालिका-७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
सूर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सूर्य कुमारलाई पक्राउ गरेको हो ।