बंगलादेशमा फेर ‘लकडाउन’ हुने भएपछि राजधानी ढाकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ। राष्ट्रव्यापी रूपमा कडा ‘लकडाउन’ हुनेभएपछि ढाकाबाट बाहिरिनेको संख्या बढेको हो।
सोमबारदेखि सात दिनसम्म अतिआवश्यक कामबाहेक कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ। त्यसैले मानिसहरू ढाका छोडेर अन्य सहर र आफ्नो गाउँ फर्किन हतार गरिरहेका छन्।
पछिल्लो समय बंगलादेशमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ भने धेरैमा भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरिएन्ट देखा परेको छ।
बंगलादेशमा पछिल्लो लहर करिब ६ सप्ताहअघि सुरू भएको हो। १५ मे मा त्यहाँ २६१ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो। शुक्रबार बंगलादेशमा ५ हजार ८६९ जनामा संक्रमण पुष्टि भएको थियो भने १०८ जनाको मृत्यु भएको थियो।
शुक्रबारको तथ्यांक महामारी सुरू भएयताकै बंगलादेशको दोस्रो उच्च मृत्यु संख्या हो।