×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले अध्यक्ष ओलीले देशभरका पालिका अध्यक्षसँग अन्तरक्रिया गर्दै

एमाले अध्यक्ष ओलीले देशभरका पालिका अध्यक्षसँग अन्तरक्रिया गर्दै

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनेछन् ।

कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् ।

आजको भर्चुअल बैठकमा स्थायी कमिटीका सदस्यहरु,घोषणा पत्र तयारी समितीका सदस्यहरु,पार्टीका जिल्ला अध्यक्ष र प्रदेश कमिटीका पदाधिकारी समेत सहभागी हुने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
भर्चुअल बैठकमा समितीले तयार गरेको घोषणा पत्रको अवधारणा पूर्व-अर्थमन्त्री युवराज खतिवडा र पुनर्निमार्ण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रस्तुत गर्नुहुनेछ ।
 भर्चुअल बैठक कहाँबाट गर्ने भन्ने बारे अहिले यकिन भइनसकेको एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्