×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टी-२० विश्वकप : दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे

टी-२० विश्वकप : दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे

काठमाडौं - अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको सुपर १२ को खेल वर्षाका कारण रद्द भएको छ ।

सोमबार साँझ सुरु भएको खेलमा दक्षिण अफ्रिका जित नजिक पुगेको अवस्थामा भारी वर्षा भएपछि खेल स्थगित भएको हो । त्यसपछि दुवै टोलीले अङ्क बाँडेका छन् ।

वर्षाका कारण खेल नौ ओभरका झारिएको थियो । जसमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले तीन ओभरमा विना विकेटको क्षतिमा ५१ रन बनाउँदा पुनः वर्षा भएपछि खेल रोकिएको हो । 

दक्षिण अफ्रिकाका लागि क्वीटन डी ककले ४७ रन बनाउनुभएको थियो । यसअघि पहिलो ब्याटिङ गरेको जिम्बावेले नौ ओभरमा पाँच विकेटको क्षतिमा ७९ रन बनाएको थियो ।

जिम्बाबेका लागि उस्ली माधिभेरीले सर्वाधिक ३५ रन बनाउनुभयो । मिल्टन शुम्बाले १८ जोड्नुभयो । बलिङमा दक्षिण अफ्रिकाका लुन्गी एन्गेडीले दुई तथा वाईनी पार्नेल र एनरिक नोर्कियाले एक एक अङ्क बनाउनुभयो ।

प्रतिकृया दिनुहोस्