काठमाडौँ- भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बिहान करिब २ बजेतिर नगरपालिका ८ आदर्शचोक सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु हो ।
ट्राफिक प्रहरी महाशाखा रामशाहपथकाअनुसार करिब ३ बजेतिर मोटरसाइकलमा सवार दुवै जनाको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । मृतकमध्ये भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको छ । २०–२१ वर्षको जस्तो देखिने अर्का एक युवकको भने सनाखत हुन बाँकी छ ।
शव भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक दोलखाको मेलुङ-३ घर भइ हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।