×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्द्र बानियाँ बागमती प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण

इन्द्र बानियाँ बागमती प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उहाँलाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। बानियाँले सोमबार नेकपा (एमाले) को समर्थनसहित सरकार गठनका लागि दाबी पेश गर्नुभएको थियो।

११० सदस्यीय बागमती प्रदेश सभामा बानियाँलाई नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले) का २७ गरी कुल ६४ सांसदको स्पष्ट बहुमतसहित समर्थन रहेको छ।

मकवानपुर निवासी बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत हुनुहुन्छ। योसँगै बागमती प्रदेशले स्थापनापछि छैटौं मुख्यमन्त्री पाएको छ। बानियाँभन्दा अघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले प्रदेश सरकारको नेतृत्व गरिसक्नुभएको छ। अब मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुहुनेछ।

प्रतिकृया दिनुहोस्