×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

श्रीरामको चलचित्रमा क्याट्रिना

श्रीरामको चलचित्रमा क्याट्रिना

एजेन्सी । चलचित्र निर्माता श्रीराम राघवनले अभिनेत्री क्याट्रिना केफलाई लिएर नयाँ चलचित्र बनाउँदै छन् । क्याट्रिना चलचित्रलाई लिएर उत्साहित छिन् । उनले चलचित्रको स्क्रिप्ट पढ्न थालेकी छन्, जसले गर्दा उनलाई चरित्र बुझ्न सहयोग पुग्ने छ ।

चलचित्रको नाम भने फाइनल गरिएको छैन । तर ‘मेरी क्रिसमस’ नामको चर्चासमेत चलिरहेको छ ।

चलचित्रको छायाङ्कन ३० दिनमा सक्ने योजना छ । त्यस्तै चलचित्र जम्मा ९० मिनेटको मात्रै हुने छ । यस चलचित्रमा क्याट्रिनाबाहेक दक्षिण भारतीय चलचित्रका सुपरस्टार विजय सेतुपति पनि मुख्य भूमिकामा हुनेछन् ।

सलमान खानसँग ‘टाइगर—३’ को छायाङ्कन सकेपछि क्याट्रिनाले यस चलचित्रको छायाङ्कन सुरु गर्नेछिन् ।

प्रतिकृया दिनुहोस्