वरिष्ठ गायक तथा सङ्गीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ प्रदान गरिएको छ । बुधबार सङ्गीतकार सङ्घ नेपालले १ लाख १ सय ११ रुपैयाँ नगदसहितको सो सम्मान माणिकलाई प्रदान गरेको हो ।
सङ्घका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापालगायत माणिक रत्नको निवासमा पुगेर सम्मान हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य उपचारपछि घरमै आराम गरिरहेका माणिक रत्नले सम्मान पाउँदा खुसी लागेको बताए । अवस्था सामान्य भएपछि कार्यक्रम गरेर सम्मानलाई औपचारिकता दिने सङ्घको तयारी छ ।