काठमाडौँ- शेयर बजारको उकालो यात्रा बिहीबार पनि कायम रह्यो । बजार १५.४४ अङ्कले बढेर २१२७.४५ विन्दुमा अडिएको छ । आजको दिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ ।
आजको कारोबारमा २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको थियो । निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र अन्य समूहमा गिरावट आएको छ ।
बाँकी सबै समूहमा बढोत्तरी छ । आज विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्त संस्था, एक्सेल डेभलपमेन्ट बैङ्क र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।