×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएल २०२४ : रुतुराज गायकवाड़ चेन्नईका नयाँ कप्तान

आईपीएल २०२४  : रुतुराज गायकवाड़ चेन्नईका नयाँ कप्तान

काठमाडौं- चेन्नई सुपर किंग्सले आइपिएल-२०२४ को पूर्व सन्ध्यामा ठूलो परिवर्तन गरेको छ । चेन्नईले भारतका पूर्व ब्याट्सम्यान महेन्द्र सिंह धोनीको कप्तानी बाट हटाएर रुतुराज गायकवाडलाई टोलीको कप्तान बनाइएको  छ । 
सन् २०२४ को आइपिएलमा धोनीले टोलीको कप्तानी गर्ने छैनन् । गायकवाड चेन्नईका विस्फोटक ब्याट्सम्यान हुन् ।  रुतुराजले सन् २०१९ मा चेन्नई सुपर किंग्सबाट आइपिएलमा डेब्यु गरेका थिए । 
उनले आइपिएलमा हालसम्म कुल ५२ म्याच खेलेका छन्, जसमा उनको ब्याटबाट १७९७ रन बाहिर आएको छ । उनले चेन्नईका लागि खेल्दा शतक पनि खेलेका छन् । 
गायकवाडले आइपिएलमा १४ अर्धशतक बनाएका छन् ।

गायकवाड बने चौथा कप्तान
रुतुराज गायकवाड आफ्नो तुफानी ब्याटिङका लागि चिनिन्छन् । उनले धेरै म्याच आफ्नै बलबुतामा जितेका छन् । 
यसैकारण सीएसकेले गायकवाडमाथि विश्वास व्यक्त गरेको छ । रुतुराज सीएसकेको कप्तानी गर्ने चौथो खेलाडी बनेका छन् । 
यसअघि स्टार खेलाडी सुरेश रैना र अलराउण्डर खेलाडी रविन्द्र जडेजाले पनि चेन्नईका लागि कप्तानी गरिसकेका छन् । 

प्रतिकृया दिनुहोस्