×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनवाई हुने भनिए पनि आजको सुनवाइ स्थगित भएको छ । 

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दा पेशीका लागि तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको हाे ।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्