काठमाडौं- स्थानीय तहको निर्वाचनमा बैतडीमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबरी जित हासिल गरेका छन्।मतपरिणामअनुसार कांग्रेस र एमालेले चार–चार तथा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उम्मेदवार एक–एक पालिकामा विजयी भएका छन्। कांग्रेसले पुर्चौडी र पाटन नगरपालिका तथा शिवनाथ र सिगास गाउँपालिकामा जित हासिल गरेको छ।
एमाले दशरथचन्द नगरपालिका तथा पञ्चेश्वर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा विजयी भएको छ।यस्तै माओवादी केन्द्र मेलौली नगरपालिकामा तथा डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।बैतडीमा १० स्थानीय तहमा ८४ वडाध्यक्ष र ३३६ वडा सदस्य निर्वाचित भएका छन्।