×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

विराटनगर, भोजपुरमा एक व्यक्तिले श्रीमतीको हत्यापछि आफैले आत्महत्या गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका-९ तालखर्क का ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आत्महत्या गरका हुन् ।

गएराती १ बजे राईले श्रीमती २८ वर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी हत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । श्रीमतीको हत्या गरेका राई पनि मृत अवस्थामा फेला परेका थिए । आमाको हत्या भएको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।

स्थानीय हेर्न जाँदा ईन्द्रकला राईको मृत्यु भइसकेको थियो । उनीहरुले नै प्रहरीलाई खबर गरेका थिए । हत्यामा संलग्न राईलाई खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 
 

प्रतिकृया दिनुहोस्