×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं - जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा  राख्न अनुमति दिएको छ।

नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न अनुमति दिएकाे जिल्ला अदालत धनुषाका प्रवक्ता डम्बरप्रसाद घिमिरेले बताए  । 


जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिइएको हो ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियाे ।


सिरोहियालाई प्रहरीले हिजो काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो । सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज अदालतमा उपस्थित गराएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ३ : २३ बजे

प्रतिकृया दिनुहोस्