×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागमती कांग्रेस संसदीय दलको नेताबाट हटे बहादुरसिंह लामा

बागमती कांग्रेस संसदीय दलको नेताबाट हटे बहादुरसिंह लामा

काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् । मंगलबार भएको मतदानमा उनीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएपछि लामा पदमुक्त भएका हुन् ।

कूल ३७ सांसद रहेको बागमती प्रदेश सभामा कांग्रेसका २२ जना सांसदले लामाको विपक्षमा मत दिएका थिए भने उनको पक्षमा १५ जनाले मात्र मतदान गरे । बहुमत सांसदले संसदीय दलको नेताप्रति विश्वास नरहेको जनाएपछि उनले आफ्नो पद गुमाएका हुन् ।

लामाविरुद्ध सुरुमा २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मंगलबार मन्त्री पदबाट राजीनामा दिएका श्याम खड्का पनि लामाको विपक्षमा उभिएपछि विपक्षमा २२ सांसद पुगेका हुन् ।

केन्द्रीय गुटको प्रभाव प्रष्ट

लामालाई पदबाट हटाउन कांग्रेसभित्रको केन्द्रीय गुटको प्रभाव प्रष्ट देखिएको छ । केन्द्रीय नेताहरूको समीकरणअनुसार प्रदेश सांसदहरू विभाजित भएका थिए ।

महामन्त्री गगन थापा पक्षधर सांसदहरू लामालाई हटाउने अभियानमा सक्रिय रूपमा लागेका थिए । महामन्त्री थापा निकट मानिने पुकार महर्जन, प्रभात तामाङ, छिरिङ दोर्जे लामा लगायतका सांसदहरू अविश्वासको प्रस्तावको पक्षमा उभिए ।

अर्कातर्फ, सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह पक्षका सांसदहरू भने दुवैतिर विभाजित देखिए । डा. शेखर कोइराला पक्षका रमेश महत र उत्तम जोशी भने लामाको पक्षमा अर्थात अविश्वासको प्रस्तावको विपक्षमा देखिए ।


कसको मत कता ?
लामाको विपक्षमा मत दिने २२ सांसद:

१. इन्द्रबहादुर बानियाँ
२. शिवराज अधिकारी
३. कञ्चनचन्द्र वादे
४. दिपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६. बिनु रायमाझी पौडेल
७. यमुना देवी श्रेष्ठ
८. उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तामाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीन कृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ

लामाको पक्षमा मत दिने १५ सांसद:

१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. क्षत्रबहादुर बम्जन
९. गिता गुरूङ
१०. मसिना खड्का
११. तिर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी

प्रतिकृया दिनुहोस्