×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसद बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको निर्णय

संसद बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको निर्णय

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफूले बहिष्कार गरेको प्रतिनिधिसभा बैठकको भत्ता नलिने भएको छ। पार्टीले असार १ गतेको बैठकमा अनुपस्थित रहेकाले उक्त दिनको भत्ता नलिने निर्णय गरेको हो।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद सचिवालयलाई पत्र लेखेर सो दिनको भत्ता पार्टीका सांसदहरूको नाममा निकासा नगर्न र सरकारी राजस्वमा फिर्ता गर्न आग्रह गरेका छन्।

‘भिजिट भिसा प्रकरण’ मा छानबिन समितिको माग गर्दै प्रतिपक्षीले गरेको विरोधका बीच बैठक सञ्चालन गरिएको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको थियो।

पार्टीले सचिवालयलाई पठाएको पत्रमा भनिएको छ, “उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८१ असार १ गतेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको व्यहोरा यसै पत्रमार्फत जानकारी गराउँदछौँ।”

प्रतिकृया दिनुहोस्