×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

तीन वडाध्यक्षसहित काभ्रेको सिंगो राप्रपा एमालेमा समाहित

तीन वडाध्यक्षसहित काभ्रेको सिंगो राप्रपा एमालेमा समाहित

बनेपा - राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो जिल्ला कार्य समिति नेकपा एमालेमा समाहित भएको छ ।
काभ्रेपलान्चोक जिल्ला अध्यक्ष टुल्कु लामासहित कार्य समितिका सबै पदाधिकारी र सदस्य शुक्रबार एमालेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा एमाले प्रवेश गर्नुभएको हो ।

नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।  प्रवेश गर्नेमा उपाध्यक्ष श्रीदास लामा, गंगामाय लामा, सचिव धनजीत लामासहित कार्य समितिका पदाधिकारी र सदस्यहरू हुनुहुन्छ ।

प्रवेशीहरूमध्ये श्रीदास लामा रोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुनुहुन्छ भने धनजीत लामा रोशी गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । कार्यक्रममा विभिन्न गाउँपालिकाबाट राप्रपाका सिंगो कार्य समितिहरु नै एमालेमा प्रवेश गरेको  जानकारी दिइयो  ।

त्यस्तै सोही समारोहमा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश कमिटी सदस्य गणेश थापामगर सहितको टोली एमाले प्रवेश गरेको  छ । कार्यक्रमा रोशी गाउँपालिका महादेवटारबाट निर्वाचित वडाध्यक्ष तेजबहादुर राना मगरसमेत सोही समारोहबाट एमाले प्रवेश गर्नुभएको छ । उनी माओवादीबाट निर्वाचित हुनुभएको हो ।  कार्यक्रममा विभिन्न पार्टीका गरी  १२ सय बढी कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्