×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भारतमाथि सानदार जित निकाल्दै इङ्ल्यान्ड विश्वकपको फाइनलमा

भारतमाथि सानदार जित निकाल्दै इङ्ल्यान्ड विश्वकपको फाइनलमा

काठमाडौं - भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इङ्ल्यान्ड आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एडिलेड ओभल मैदानमा भएको खेलमा इङ्ल्यान्डलाई जिताउन ओपनर एलेक्स हेल्स र जो जस बटलरले अर्धसतकीय इनिङ्स खेल्नुभयो । 

जितको लागि एक सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विनाविकेटको क्षतिमा एक सय ७० रन बनायो । इङ्ल्यान्डलाई जिताउन एलेक्सले ८६ र बटलरले अविजित ८० रन बनाउनुभयो ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । भारतका लागि  हार्दिक पाण्डेयले सर्वाधिक ६३ रन बनाउनुभयो ।

कप्तान रोहित शर्माले ५३ र विराट कोहलीले ५० रन बनाउनुभयो । यस्तै रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन बनाउनुभयो । बलिङमा इङ्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिनुभयो । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट झार्नुभयो । 

अब इङ्ल्यान्डले फाइनलमा आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले यसअघि बुधरबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

यससँगै इङ्ल्यान्ड र पाकिस्तान दुवै दोस्रो पटक उपाधि चुम्ने तयारीमा छन् । इङ्ल्यान्डले सन् २०१०मा टी–२० विश्वकप जितेको थियो । पाकिस्तान सन् २००९ मा च्याम्पियन बनेको थियो ।

प्रतिकृया दिनुहोस्