×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

अहिले देशभर बदली भई प्रदेश-१, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।

दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश-१ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्