×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देहीमा यात्रुवाहक बस दुर्घटना, ९ जनाको मृत्यु

रुपन्देहीमा यात्रुवाहक बस दुर्घटना, ९ जनाको मृत्यु

भैरहवा- रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डअन्तर्गत पुलबाट रोहिणी खोलामा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते अवस्थामा उद्धार गरी ३३ जनालाई अस्पताल पुर्‍याएकोमा ९ जनालाई चिकित्सकले मृत घोषित गरेका थिए। भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पाँच जना र भीम अस्पतालमा चार जनाको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव केसीले बसमा ३३ जना सवार रहेको र दुर्घटनाको कारण खुल्न नसकेको बताए।

प्रतिकृया दिनुहोस्