×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकीकृत समाजवादीका जुम्ला कमिटी एमालेमा समाहित

एकीकृत समाजवादीका जुम्ला कमिटी एमालेमा समाहित

सुर्खेत- नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदीप्रसाद न्यौपानेसहित जिल्ला कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । एमाले जिल्ला कमिटी जुम्ला अध्यक्ष शान्तिलाल महतसँग सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष न्यौपानेले जिल्ला कमिटी एमालेमा समाहित भएको घोषणा गरेका हुन् ।

आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउन सिंगो समाजवादी जिल्ला कमिटी एमालेमा पार्टीमा समाहित गरिएको घोषणा गरिएको छ । एमाले जुम्लाले कात्तिक ७ गते बाम एकता लगायत मूल घर फिर्ताका लागि सार्वजनिक अपिल गरेको थियो ।

एकीकृत समाजवादी जिल्ला कमिटी जुम्लाका इन्चार्ज, प्रदेश कमिटी सदस्यहरु, जिल्ला पार्टी अध्यक्ष, पदाधिकारीलगायत सम्पूर्ण जनसंगठन, पेशागत संगठनहरु नेकपा एमालेमा समाहित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस्