×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज यी क्षेत्रमा वर्षाको सम्भावना

आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले सोमबार सातै प्रदेशमा वर्षा हुने पूर्वानुमान गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षा हुने महाशाखाले जनाएको छ ।

सोमवार देशभर सामान्यदेखि पूर्ण बदली हुने जनाइएको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

सोमवार दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १ तथा गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना समेत छ ।

 

प्रतिकृया दिनुहोस्